आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खाण पक्राउ परेपछि देउवाले बोलाए शीर्ष नेताको बैठक

बुधबार, २७ वैशाख २०८०, १६ : ४९
बुधबार, २७ वैशाख २०८०

काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ गरेपछि कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् । बुधबार बिहान नक्कली भुटानी शरणार्थी प्रकरणमा  खाण पक्राउ परेपछि देउवाले आफ्नो निवास धुम्बाराहीमा शीर्ष नेताको बैठक बोलाएका हुन् । 

देउवाले बुधबार साँझ ५ बजे बैठक बोलाएका एक पदाधिकारीले रातोपाटीलाई बताए । उनका अनुसार छलफलको विषय सार्वजनिक गरिएको छैन । विहान देउवाले तरुण दलका वर्तमान र पूर्व अध्यक्षलाई बोलाएर छलफल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप