सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

५ सय ५६ वटा चौरी गाईको पुच्छरसहित ४ जना पक्राउ

बुधबार, २७ वैशाख २०८०, १७ : ३६
बुधबार, २७ वैशाख २०८०

काठमाडौँ । महोत्तरीको जलेश्वर नगरपालिका ३ स्थित मलिवाडा बसपार्कबाट सशस्त्र प्रहरीले करिव २८ लाख ३० हजार रुपैयाँ बराबरकोे ५ सय ५६ वटा चौरी गाईको पुच्छरसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने विकासकुमार महत्तो, धादिङ्ग जिल्लाको गजुरी गाउँपालिका ८ बस्ने ३६ वर्षीय उमेशबहादु्र बस्नेत, बारा जिल्लाको सिमरा नगरपालिका १ बस्ने ६० वर्षीय सुमन मान्नधर र धनुषा जिल्लाको हंसपुर नगरपालिका ४ बस्ने ३७ वर्षीय मोहमद अजिन रहेका छन् ।

काठमाडौँबाट जलेश्वर हुँदै मलिवाडा रुटमा चल्ने प्रदेश २–०३–००१ ख १२१५ नम्बरको यात्रुवाहक बसबाट मलिवाडा बसपार्कमा सो मूल्य बराबरको चौरी गाईको पुच्छर निकाली ठेलामा राख्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुलाई चौरी गाईको पुच्छरसहित आवश्यक कारबाहीको लागि सशस्त्र वन सुरक्षा शाखा माईस्थान महोत्तरीमा बुझाइएको छ । सो बस समेत आवश्यक छानविनको लागि सोही शाखामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप