सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै पाँच लाख ठगी

बुधबार, २७ वैशाख २०८०, १८ : ३७
बुधबार, २७ वैशाख २०८०

काठमाडौँ ।  वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै पाँच लाख ठगी गरेको पाइएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै चार जनाबाट पाँच लाख ठगी गरेको पाइएको हो । 

सिन्धुली कमलामाई नगरपालिका ४ घर भई हाल काठमाडौँ बस्दै आएका ३४ वर्षीय  उद्धव नेपाललाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनले वैदेशिक रोजगारीका लागि क्यानडा तथा चेक रिपब्लिक लगायतका देशहरूमा पठाइदिन्छु भन्दै बाबुराम सापकोटासहित चार जनालाई ठगी गरेको खुलेको छ । 

पक्राउ परेका नेपाललाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक

रोजगार विभाग काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप