नेविसंघले भन्यो–नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान टुंगोमा पुर्याउनुपर्छ
बुधबार, २७ वैशाख २०८०, १९ : २१
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई टुंगोमा पुर्याउनु पर्ने बताएको छ । बुधबार नेविसंघका सभापति दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै कुनै पनि दबाब र प्रभावमा अनुसन्धान प्रभावित हुननपर्ने उल्लेख गरेका छन् ।
'अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेससहितको सरकारले अघि बढाएको अनुसन्धान प्रक्रियाले आशाको सञ्चार गरेको छ । अनुसन्धानमा सघाउनु सबैको कर्तव्य हो । कुनै पनि दबाब र प्रभावमा अनुसन्धान प्रभावित हुनु हुँदैन', विज्ञप्तिमा भनिएको छ', 'नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धान टुंगोमा पुग्नैपर्छ । कोही कसैले वा कहीँ कतैबाट प्रभावित गर्ने काम नहोस् ।'
नेविसंघले यस प्रकरणमा संलग्नलाई ढाकछोप गर्ने र चोख्याउने काम नगर्न सरकारसँग आग्रह गरेको छ ।