सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दातृ निकायको सहयोगलाई  लक्षित वर्गमा पुर्याउछौँ : मन्त्री आचार्य

बुधबार, २७ वैशाख २०८०, २० : ४८
बुधबार, २७ वैशाख २०८०

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दातृ निकायको सहयोगलाई देशका कुनाकन्दरा र  लक्षित वर्गमा पुर्याउने बताएका छन् ।

बुधबार समाज कल्याण परिषदको पदवहाली एवम् स्वागत कार्यक्रममा उनले राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले खर्च गर्ने बैदेशिक सहयोग रकमलाई देशको कुनाकन्दरा र लक्षित समुदायसमक्ष पुर्याउने बताए । 

राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कामहरुलाई व्यवस्थित बनाउने मन्त्री आचार्यले प्रतिवद्धता व्यक्त गरे  । मन्त्री आचार्यले समाज कल्याण ऐन २०४९, संस्था दर्ता ऐन २०३४ लगायतका सम्बन्धित कानुनहरुलाई समय सापेक्ष संशोधन गरी समयानुकुल बनाउने बताए । साथै समाज कल्याण परिषदको काम, कारबाहीलाई प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउन पहल गर्ने मन्त्री आचार्यको भनाइ थियो । 

मन्त्री आचार्यले परिषदका पदाधिकारी(कर्मचारीहरुलाई सेवामुखी भई आफ्नो दायित्व र जिम्मेवारी वुझेर कार्य गर्न निर्देशन दिए । आगमी दिनमा समाज कल्याण परिषदमा धेरै कार्य गर्नुपर्ने भन्दै  त्यसमा आफूले ध्यान दिने उनले बताए । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले नेपालका लक्षित वर्गका लागि बढीभन्दा बढी श्रोत जुटाउन पनि मन्त्री आचार्यले अनुरोध गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप