आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

शरणार्थी प्रकरणको अनुसन्धान गर्ने समय अब १० दिन

५७ औं दिनमा अनुसन्धान प्रतिवेदन बाध्यकारी
बुधबार, २७ वैशाख २०८०, २१ : ३५
बुधबार, २७ वैशाख २०८०

काठमाडौँ । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठग्ने गिरोहको अनुसन्धान गर्ने समय साँघुरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहितका आरोपीहरुविरुद्ध ठगी र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।

सङ्गठित अपराध मुद्दा ६० दिनभित्र अदालतमा दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । ५७ औँ दिनमा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाई सक्नुपर्छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेले ३ दिनअघि अनुसन्धान प्रतिवेदन आउनुपर्ने बताए । न्यौपाने भन्छन्– ‘६० औँ दिनमा हामीले अदालतमा मुद्दा दर्ता गर्नुपर्छ ।’

२०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । पछि पक्राउ परेका आरोपीहरूको पनि चैत १२ देखि नै म्याद मिलान हुन्छ । १४ दिनभित्र मुद्दा दर्ता हुने समय अवधिका कारण पूर्व मन्त्री खाँण अब कम्तीमा १५ दिन हिरासतमा बस्नुपर्छ । प्रहरीलाई अनुसन्धान गर्ने समय अब १० दिन मात्रै छ ।

मुद्दा दर्ता भएपछि पनि धरौटीमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे अदालतमा थुनछेक बहस हुन्छ । थुनछेक बहसपछि धरौटी वा साधारण तारेखको आदेश भएका आरोपीहरू छुट्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप