आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

के हो टू फ्याक्टर अथेन्टिकेसन, तपाईंको सामाजिक सञ्जाललाई कति सुरक्षित बनाउँछ ?

बिहीबार, २८ वैशाख २०८०, ०८ : ४६
बिहीबार, २८ वैशाख २०८०

काठमडौँ । आजभोलि सामाजिक सञ्जालका अकाउन्टहरु ह्याक हुने घटना बढिरहेका छन् । हाम्रै वरिपरि कसैको इन्टाग्राम त कसैको फेसबुक अकाउन्ट ह्याक भइरहेको सुन्ने गर्छौँ । यस्तोमा टू फ्याक्टर अथेन्टिकेसनले तपाईंलाई आफ्नो अकाउन्ट सुरक्षित राख्न मद्दत गर्दछ ।

टू फ्याक्टर अथेन्टिकेसनलाई मल्टी फ्याक्टर अथेन्टिकेसन, टू स्टेप भेरिफिकेसन वा टूएफए आदि नामले जानिन्छ । यसलाई डुअल फ्याक्टर अथेन्टिकेसन पनि भनिन्छ । यसमा सेक्युरिटीका दुई चरण हुन्छन् । त्यसैले यसलाई टू–स्टेप भनिन्छ । अकाउन्टमा प्रवेश गर्नुभन्दा पहिले तपाईंले सुरक्षाका दुई बाधाहरूलाई पार गर्नुपर्छ । यसका एक स्टेप ओटीपीको हुन्छ ।

ओटीपी प्रयोगकर्ताले चुनेको डिभाइसमा मात्र पाउँछन् । यसरी कसैले तपाईंको अकाउन्टमा अनधिकृतरुपमा अन्य कुनै व्यक्ति प्रवेश गर्ने प्रयास ग¥यो भने तपाईं कहाँ ओटीपी आउँछ, जसले तपाईंलाई तपाईंको अकाउन्ट ह्याक हुने प्रयास भइरहेको थाहा हुन्छ ।

टू–फ्याक्टर अथेन्टिकेसन साइबर सुरक्षाको फूल प्रुफ योजना भने होइन । तैपनि यसले तपाईंको अकाउन्ट पहिलेभन्दा धेरै सुरक्षित हुनेछ । एउटा सामान्य पासवर्डको तुलनामा पक्कै पनि टू–फ्याक्टर अथेन्टिकेसन अधिक सुरक्षित हुन्छ ।

टू–फ्याक्टर अथेन्टिकेसन मुख्यतः चार तरिकाले इनेबल गर्न सकिन्छ । पहिले आफ्नो फोन नम्बर, दोस्रो एप्लीकेसन आधारित लग इन, तेस्रो बायोमेट्रिक लगइन र चौथो नोटिफिकेसनमा आधारित लगइन । 

यदि तपाईंले टू–फ्याक्टर अथेन्टिकेसनमा रजिस्टर गरिएको फोन नम्बर प्रयोग गर्नुहुन्छ भने अकाउन्टमा साइन इन गर्ने प्रयास गर्दा रजिस्टर्ड नम्बरमा एउटा ओटीपी आउँछ । यो कोडलाई प्रविष्ट नगरेसम्म अकाउन्टमा लगइन गर्न सकिँदै । 

अर्को एप्लीकेसनमा आधिकारिक लगइनमा तपाईंले एपलाई अकाउन्टसँग लिंक गर्नुपर्छ । लगइनको प्रयास गर्दा एप्लिकेसनमा कोड आउँछ । यो हरेक ३० सेकेन्डमा बदलिन्छ । त्यसैले यसबाट लगइन गर्दा अलि चाँडो काम गर्नुपर्छ ।

त्यसैगरी बायो मेट्रिक लगइनमा तपाईंको फिंगरप्रिन्ट वा आँखाको स्क्यान गरेर भौतिकरुपमा पहिचान दिनुपर्छ । फिंगरप्रिन्ट वा आँखाको स्क्यान गरेर मात्र तपाईंले अकाउन्टमा पहुँच पाउनुहुन्छ ।

अन्त्यमा, नोटिफिकेसनमा आधारित लगिन सुरक्षित हुनुका साथै सजिलो पनि हुन्छ । जब तपाईं अकाउन्टमा प्रवेश गर्ने प्रयास गर्नुहुन्छ, तपाईंलाई एउटा नोटिफिकेसन आउँछ । यो एउटा अनुरोधको रूपमा आउँछ, त्यस आधारमा तपाईंले त्यसलाई स्वीकार वा अस्वीकार गर्न सक्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप