आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानका पूर्व विदेशमन्त्री महमूद कुरैशी पक्राउ

बिहीबार, २८ वैशाख २०८०, ०९ : ५६
बिहीबार, २८ वैशाख २०८०

पाकिस्तानका पूर्व विदेशमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफका नेता शाह महमूद कुरैशीलाई पक्राउ गरिएको छ । पाकिस्तानले इमरान खानका पार्टीका अन्य नेतालाई धमाधम पक्राउ गरिरहेको छ ।

पक्राउ पर्नु अघि कुरैशीले रेकर्ड गरिएको भिडियोमा भने, ‘मलाई पक्राउ गर्न प्रहरी आइसकेको छ । म एक सन्देश दिन चाहन्छु । यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामी यसमा संलग्न हुनुपर्छ । आज इमरान खान हिरासतमा छन् । यसले उनको ज्यानलाई खतरा छ ।’

कुरैशीले थपे, ‘तपाईंहरु हाम्रो वास्तविक स्वतन्त्रताको युद्धलाई जारी राख्नुहोस् र त्यति बेलासम्म नरोकिनुहोस् जबसम्म इमरान खान रिहा हुँदैनन् ।’

पाकिस्तानमा इमरान खान पक्राउ परेपछि हिंस्रक विरोध प्रदर्शन जारी छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले बुधवार अबेर राती देशवासीको नाममा सम्बोधनमा हिंसा गर्नेहरूलाई कडा  चेतावनी दिएका छन् । शरिफले भने, ‘हिंसा गर्नेहरूलाई कडाभन्दा कडा सजाय दिइनेछ ।’

यसैबीच पाकिस्तानमा हिंसाका कारण १० जनाको ज्यान गइसकेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप