आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लडाकु शिविरको भ्रष्टाचार छानविन गर्न अख्तियारलाई ओलीको आग्रह

बिहीबार, २८ वैशाख २०८०, १२ : ३२
बिहीबार, २८ वैशाख २०८०

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरलगायतका भ्रष्टाचार पनि छानविन हुनुपर्ने बताएका छन् । उनले पहिला लडाकु शिविर र अहिले अयोग्य लडाकुलाई दिने भनेको रकमबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्न खुट्टा कमाउन नहुने बताएका हुन् । बिहीबार पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राज्यको ढुकुटी अनुचित ढंगले खल्तीमा हाल्ने कुरा भ्रष्टाचार भएको भन्दै लडाकु शिविरमा भ्रष्टाचार भएकाले त्यसको छानविन गर्नुपर्ने बताएका हुन् ।

‘अहिले कर्मचारीलाई तलब खुवाउन मुस्किल पर्ने अवस्था छ तर अयोग्य लडाकुलाई दुई लाख बाँड्ने भनेर एकलौटी निर्णय गरेर अगाडी बढ्न खोजिरहेका छन्’ ओलीले भने, ‘माओवादी केन्द्रको जसले सरकारको नेतृत्व गरिरहेको छ उहाँहरू सरकारबाट बलजफ्ती निर्णय गराउने र एकलाख ५० हजारजति कार्यकर्तालाई दिने र फेरि त्यो आफैँ लिने पहिले पनि क्यान्टोनमेन्टको सवालमा त्यस्तो भएको छ ।’

अध्यक्ष ओलीले क्याटोनमेन्टको नाममा नभएका व्यक्तिको नाममा अर्बौँ पैसा घोटाला भएको भन्दै राज्यको ढुकुटी अनुचित ढंगले छलछाप गरेर खल्तीमा हाल्ने कुरा भनेको भ्रष्टाचार नै भएको बताए । ‘राज्यको पैसा व्यक्ति वा संस्थाले अर्बौ रूपैयाँ कुम्ल्याएका छन् । अख्तियारले होल्ड गरेर राखेको छ । म भन्न चाहन्छु कि खुट्टा कमाउनुहुन्छ ? त्यसबारे पनि छानबिन गर्नुस्’, ओलीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप