आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एमाले केन्द्रीय समिति बैठक

नक्कली भुटानी शरणार्थी प्रकरणबारे ओली : जेठ ४ गतेसम्म तथ्य खोल्छु

बिहीबार, २८ वैशाख २०८०, १३ : ५०
बिहीबार, २८ वैशाख २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य खोल्ने बताएका छन् । बिहीबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो प्रकरणमा आफुले तथ्यहरु खोजिरहेको भन्दै जेठ चार गते संसदमा बोल्ने क्रममा त्यो तथ्य खोल्ने बताएका हुन् । 

‘सम्भवत म चार गते पार्लियामेन्टमा बोल्छु । चार गते मैले संसदमा बोल्ने बेलासम्ममा कुन शरणर्थीका नाममा कहाँको को मान्छे नक्कली शरणार्थी बनाएर पठाइयो ? कसले पठायो ? को संलग्न छ समेतको मैले तथ्य प्रस्तुत गर्ने कोशिस गर्छु’, ओलीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप