बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

दोधारा चाँदनी एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाहको ईआईए स्वीकृत

बिहीबार, २८ वैशाख २०८०, १५ : २९
बिहीबार, २८ वैशाख २०८०

काठमाडौँ । नेपालको अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्ने लक्ष्यसहित कञ्चनपुरको दोधारा चाँदनीमा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिकामा पर्ने गौरिशंकर मध्यवर्ती सामुदायिक वनको ६३ हेक्टर जग्गामा बन्ने आयोजनाको ईआईए स्वीकृत भएको हो ।

ईआईएको स्वीकृतिसँगै सुदूरपश्चिम प्रदेशमा व्यापार सहजीकरणको लागि आधुनिक स्तरको एकीकृत जाँच चौकीरसुक्खा बन्दरगाह निर्माणको ढोका खुलेको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक आषिस गजुरेलले स्वीकृत भएको उक्त क्षेत्रमा एकीकृत जाँच चौकीरसुक्खा बन्दरगाह निर्माणको पहिलो चरणको काम छिट्टै सुरु हुने बताए । सो एकीकृत जाँच चौकीरसुक्खा बन्दरगाह आयोजना नेपाल सरकारबाट राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा स्वीकृत रहेको छ ।

सो एकीकृत जाँच चौकीरसुक्खा बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका वडा नं. १,२ र ३ मा पर्ने मायापुरी सामुदायिक वन उपभोक्ता समिति र गौरिशंकर सामुदायिक वन उपभोक्ता समितिले चर्चेको करिब २८० बिगाहा जग्गा पहिचान गरिएको थियो । सो क्षेत्रमा एकीकृत जाँच चौकीरसुक्खा बन्दरगाह निर्माण गर्न स्थानीय निकाय, सामुदायिक वन उपभोक्ता समिति लगायत सबै निकाय एवम् क्षेत्रबाट सहमति उपलब्ध भएको छ । 

सो वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा प्रस्तावित क्षेत्रको वातावरणीय प्रभावहरुलाई न्यून गर्नका लागि न्यूनीकरणका उपायहरु लागू गरिनेछ जसमा डे«नेज आउटलेट व्यवस्थापन, उत्सर्जित सामग्रीलाई सुरक्षित ढंगले विसर्जन, भौतिक संरचनाको पुनर्स्थापना, वृक्षारोपण, सडक सुरक्षा संकेत, आदि मुख्य हुन् । 

उक्त क्षेत्रमा वन्यजन्तुका संवेदनशील वासस्थान र बसाईसराईका बाटो समेत नपर्ने हुनाले जैविक विविधतामा पर्ने नकारात्मक प्रभाव समेत वातावरणीय व्यवस्थापन योजनाले न्यूनीकरण तथा रोकथाम गर्न सक्नेछ ।

वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत प्रतिवेदन अनुसार उक्त सामुदायिक वन क्षेत्रमा पर्ने १ हजार ९८९ रुख काट्नु पर्ने र सो को क्षतिपूर्ति बापत  १ लाख ५० हजार ५२५ वटा रुख शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति तथा नगरपालिकासँग समन्वय गरी वृक्षारोपण गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप