आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
भुटानी शरणार्थी प्रकरण

टोपबहादुर कहाँ छन् ? पृथ्वी सुब्वाको जवाफ : गन्ध आउँदैन, कसरी थाहा पाउनु ?

बिहीबार, २८ वैशाख २०८०, १८ : १२
बिहीबार, २८ वैशाख २०८०

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्बी सुब्बा गुरुङले भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझी कहाँ छन् भन्ने पार्टीलाई कुनै जानकारी नभएको प्रष्टीकरण दिएका छन् ।

बिहीबारको केन्द्रीय कमिटी बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले नेता गुरुङलाई टोपबहादुर रायमाझी कहाँ छन् भनेर प्रश्न गरेका थिए । जवाफमा गुरुङले सम्पर्कमा नआएकैले उनलाई कारवाही गरिएको बताए । उनले भने, ‘गन्ध आउँदैन कसरी थाहा पाउनु ?’

गुरुङले रायमाझी कहाँ छन् भनेर प्रहरीलाई समेत थाहा नभएकाले उनी नसमातिएको हुनसक्ने बताए ।

‘जुन दिनदेखि उहाँ सम्पर्कमा रहनुभएन । त्यो दिनदेखि हामीलाई मात्रै होइन प्रहरीलाई पनि थाहा भएको भए समातेर ल्याउँथ्यो होला’, गुरुङले भने, ‘अस्ति सचिवालयको बैठकले नै विधि र कानुनको शासन मान्ने पार्टी भएकाले राज्यले गर्ने छानबिन र अनुसन्धानमा सहयोग गर्नुपर्छ भनेर भनेको हो त्यसैले हाम्रो विश्वास र आशा छ निलम्बन फुकुवा गर्न पाइयोस् ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप