सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सिंगापुरको सपना देखाएर ९५ लाख ठगी,  एक जना पक्राउ

बिहीबार, २८ वैशाख २०८०, २० : ००
बिहीबार, २८ वैशाख २०८०

काठमाडौँ । सिंगापुर सपना देखाएर ९५ लाख रुपैयाँ ठगी गरेको पाइएको छ । सिंगापुर पठाइदिन्छु भन्दै ९५ लाख रुपैयाँ ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका-६ घर भई हाल काठमाडौँ महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौला रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सिनामंगलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगारी विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

उनले पीडित ओमनाथ मैनालीसहित १२ जनालाई वैदेशिक रोजगारीको लागि सिंगापुर पठाइदिने भन्‍दै प्रतिव्यक्ति १४ लाखका दरले ९५ लाख रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप