सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

शुक्रबार, २९ वैशाख २०८०, ०८ : २९
शुक्रबार, २९ वैशाख २०८०

काठमाडौँ । सहिद स्मारक लिग ए डिभिजन फुटबलमा आज तीन खेल हुँदै छन् । 

जसअनुसार दुई वटा खेल दशरथ रङ्गशालामा हुनेछ भने एक खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पहिलो खेल सङ्कटा क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ भने दोस्रो खेल ६ बजेबाट सोही रङ्गशालामा हुनेछ । जुन खेलमा न्युरोड टिम र खुमलटार प्रतिस्पर्धा गर्नेछन् ।

उता, एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र मनाङ मस्र्याङदीका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप