आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मस्कले छाडे ट्वीटरको सिइयोको जिम्मेवारी, महिलालाई नयाँ सिइयो बनाइने

शुक्रबार, २९ वैशाख २०८०, ०८ : ४६
शुक्रबार, २९ वैशाख २०८०

काठमाडौं। सोशल मिडिया प्लेटफार्म ट्वीटरका सीईओ एलन मस्कले पद छोड्ने घोषणा गरेका छन् । एलन मस्‍कले ट्वीटका लागि नयाँ सीईओ चयन गरेको पनि जनाएका छन् । मस्कले बिहीवार एक ट्वीटमा भनेका छन्,  ‘मैले ट्वीटरको लागि नयाँ सिइयो नियुक्त गरेको छु भनेर घोषणा गर्न पाउँदा उत्साहित छु। उनी ६ हप्तावाट काममा हुनेछिन् ।’

उनले आफु कार्यकारी प्रमुखको रुपमा रहने र सफ्टवेयरको काम लागि खटिने जनाएका छन् । उनले कसलाई ट्वीटरको नयाँ सिइयो नियुक्ती गरेको हो ? त्यो भने खुलाएका छैनन् ।

यद्यपि, ट्वीटरको नयाँ सिइयोमा महिला आउने भने उनले संकेत गरेका छन् ।  सम्भवत ः एनबीसीयुनिवर्सलकी लिडा याकारिनो ट्वीटरको नयाँ सिइयोको रुपमा आउने सक्ने जनाइएको छ । गत डिसेम्बरमा उनले ट्वीटरको सिइयो छाडने घोषणा गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप