सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी, एक जना पक्राउ

शुक्रबार, २९ वैशाख २०८०, १६ : २६
शुक्रबार, २९ वैशाख २०८०

काठमाडौँ । अमेरिका पठाइदिन्छु भन्ने प्रलोभनमा पारेर लाखौँ रुपैयाँ ठगी गर्ने एक व्यक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१० बस्ने ५६ वर्षीय ओम शाक्य रहेका छन् ।

शाक्यले वैदेशिक रोजगारीमा अमेरिका पठाइदिन्छु भन्दै पासाङ ल्हामु शेर्पासँग १५ लाख रुपैयाँ ठगी गरेका थिए । उनले प्रतिष्ठित होटलमा जागिर लगाइदिन्छु, मासिक तलब २ लाख रुपैयाँ हुन्छ भन्दै पैसा लिएर सम्पर्कविहीन बनेका थिए ।

वैदेशिक रोजगार विभागले शाक्यलाई पक्राउ गर्न पत्र पठाएको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गत २९ गते कालिमाटीबाट शाक्यलाई पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप