आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एमाले केन्द्रीय कमिटी बैठक

२०८४ को निर्वाचनलक्षित ११ महिने कार्यक्रम घोषणा गर्ने एमालेको तयारी

शुक्रबार, २९ वैशाख २०८०, २२ : ४७
शुक्रबार, २९ वैशाख २०८०

काठमाडौँ । नेकपा एमालेले २०८४ को चुनावमा पहिलो शक्ति बन्ने गरि भावी योजना तथा पार्टी परिचलानका कार्यक्रम ल्याउने भएको छ । शुक्रबार जारी केन्द्रीय कमिटी बैठकबारे जानकारी दिँदै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ८ वटा समूहले दिने सुझावका आधारमा त्यस्ता कार्यक्रम सार्वजनिक गर्न लागेको जानकारी दिए । ‘केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुट अभियान अन्तर्गत ८ समूहमा विभाजित गरेर भएको छलफलमा आआफ्ना प्रदेशका के कस्ता कार्ययोजना हुन सक्छन्, ती सुझावका आधारमा बार्षिक कार्ययोजना बन्नेछ’, रिजालको भनाइ छ । दोस्रो दिनको बैठकमा आगामी एक वर्षका कार्ययोजनाबारे महासचिव शंकर पोखरेलले मार्गदर्शन पेश गरेका थिए ।

प्रचार विभाग उपप्रमुख रिजालले आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्तिमा रुपान्तरण गर्ने गरि सिंगो पार्टी परिचालन गर्नेगरी कार्ययोजना बनाइने गरी छलफल भइरहेको बताए । शुक्रबारको बैठकमा गण्डकीबाट सचिव पद्मा अर्याल, बागमतीबाट सचिव गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटब्युरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यले रिपोर्ट प्रस्तुत गरेपछि सवै प्रतिवेदनमा शनिबार समूहगत छलफल भएको हो ।

एमाले केन्द्रीय कमिटी बैठक बिहीबारबाट सुरु भएको हो । बैठक शनिबार सकिँदैछ । शनिबारको केन्द्रीय कमिटी बैठकअघि स्थायी समिति बैठक बसेर समूहगत छलफलका निष्कर्षलाई छुट्टयाएर आगामी कार्यक्रममा समेट्ने एमालेको तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप