आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भाटभटेनीका ४ जना ग्राहकले पाए आईपीएल हेर्ने अवसर

शुक्रबार, २९ वैशाख २०८०, १७ : २३
शुक्रबार, २९ वैशाख २०८०

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका ४ जना ग्राहकले इन्डियन प्रिमियर लिग (आईपीएल) का खेल प्रत्यक्षरुपमा हेर्ने अवसर पाएका छन् । सुपर मार्केटको ‘स्कोर विग विथ टी–१०’ योजना अन्तर्गत चार जना ग्राहकले भारतमा गएर आईपीएलको प्रत्यक्ष खेल हेर्ने अवसर प्राप्त गरेका हुन् । 

भाटभटेनीले देशभर रहेका आफ्नो २४ वटा स्टोरबाट २५ सयभन्दा बढी मूल्यको टी–१० ब्राण्डको सामान किन्ने ग्राहकलाई लक्की ड्रमा समावेश गरेको थियो । लक्की ड्रमार्फत काठमाडौंका रामसुन्दर कुँवर र नेत्रबहादुर भट्टराई, इटहरीका सन्तोष श्रेष्ठ र  भक्तपुरका मनोजकुमार थापा छनोट भएका थिए । 

चार जना भाग्यशाली ग्राहकले पञ्जाब किंग्स र मुम्बई इन्डियन्स बीचको खेलको भिआईपी टिकेट, काठमाडौं–पञ्जाबको दुईतर्फ हवाई टिकेट र बसोबासको सुविधा पाएका हुन् । चारै जना भाग्यशाली ग्राहकले मे ३ मा भएको पञ्जाव र मुम्बईबीचको खेल मोहाली स्टेडियममा गएर हेरेका थिए ।

भारतीय ब्राण्ड टी १० स्पोर्ट्स पञ्जाव किंग्सको आधिकारिक किट पार्टनर हो । टी १० लाई नेपालमा आधिकारिक रुपमा भाटभटेनी सुपर मार्केटले बिक्री वितरण गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप