सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सिन्धुलीबाट लागूऔषधसहित एक जना पक्राउ

शुक्रबार, २९ वैशाख २०८०, २१ : ५४
शुक्रबार, २९ वैशाख २०८०

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । 

शुक्रबार दिउँसो कमलामाई नगरपालिका-६ माझिटारमा यात्रुबाहक हायस गाडी चेकजाँच गर्ने क्रममा एक्सपल्वन र निट्राभेट ट्याबलेटसहित बर्दिवास नगरपालिका-४ माइस्थानका २१ वर्षीय रविन विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

विर्तामोडबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९७६७ नम्बरको हायसमा रहेका विश्वकर्माले लगाएको पाइन्टमा एक्सपल्वन २ सय एमएल र निट्राभेट-दश लेखिएको १० पत्ता ट्याब्लेट लागूऔषध फेला पारिएको थियो । 

पक्राउ गरिएका विश्वकर्मालाई शुक्रबार नै जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य सुरु गरिएको प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चिरन्जिवी दाहालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप