सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

शनिबार, ३० वैशाख २०८०, ०८ : ०९
शनिबार, ३० वैशाख २०८०

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै छन् । त्रिपुरेस्थित दशरथ रङ्गशालामा दुईवटा र च्यासल खेल मैदान, ललितपुरमा एक खेल हुनेछ ।

च्यासलस्थित खेल मैदानमा मच्छिन्द्र फुटबल क्लब तथा थ्री स्टार क्लबबीच पहिलो खेल हुनेछ । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । 

यसैगरी त्रिपुरेस्थित रङ्गशालामा हुने पहिलो खेलमा चर्च ब्वाईज युनाइटेड र त्रिभुवन आर्मी क्लबबीच पहिलो प्रतिस्पर्धा हुनेछ । सो खेल पनि ३ बजेबाट सुरु हुनेछ । 

साँझ ६ बजेबाट रङ्गशालामा हुने दोस्रो खेलमा भने एपीएफ फुटबल क्लब र सातदोवाटो युवा क्लब एक आपसमा भिड्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप