मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सभामुखमा महराको उम्मेदवारी दर्ता, प्रतिपक्षलाई दिए धन्यवाद

शुक्रबार, २५ फागुन २०७४, ११ : ३४
शुक्रबार, २५ फागुन २०७४

काठमाडौँ । माओवादी सांसद् कृष्णबहादुर महराले सभामुख पदका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

बिहान करिब सवा ११ बजे संघीय संसद भवन पुगेर उनले बाम गठबन्धनको साझा उम्मेदवारको रुपमा आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा एमाले सांसद सुवास नेम्वाङ र समर्थकमा देव गुरुङ रहेका छन् ।

मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै महराले आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताए ।

उनले भने, ‘प्रतिपक्षले पनि सभामुखमा उम्मेदवार नउठाउने सुनेको छु । यसका लागि वहाँहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।’

माओवादीले उनलाई सभामुख बनाउने औपचारिक निर्णय शुक्रबार बिहान गरेको थियो  ।

माओवादीले नेता महरालाई सभामुखको उम्मेदवार बनाउने अनौपचारिक सहमति हिजो नै गरे पनि औपचारिक घोषणा शुक्रबार गरिएको हो । 

एमालेसँगको भागबन्डामा माओवादीलाई सभामुख परेको थियो ।

कार्यतालिका अनुसार, सभामुखको उम्मेदवारी मनोनयन दर्ता  बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म हुँदैछ । 

सचिवालयले आजै दिउँसो १ः३० बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछ भने मतदान भोलि १ बजे हुनेछ ।

भोलि सभामुखका लागि चुनाव हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप