सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमाले केन्द्रीय कमिटी बैठक सुरु

शनिबार, ३० वैशाख २०८०, १४ : ५३
शनिबार, ३० वैशाख २०८०

काठमाडौँ । नेकपा (एमाले) को तेस्रो दिनको केन्द्रीय कमिटीको पाँचौ बैठक सुरु भएको छ ।  ललितपुरस्थित एमाले मुख्यालयमा शनिबार बिहानदेखि बसेको स्थायी कमिटी बैठक सकिएलगत्तै केन्द्रीय कमिटी बैठक सुरु भएको हो । 

स्थायी कमिटी बैठकले पार्टीको एकीकृत वार्षिक कार्य योजना बनाएको बताइएको छ ।  एमालेले २०८४ को निर्वाचनलाई लक्षित गरेर अहिलेदेखि नै वार्षिक कार्यक्रम तय गर्ने तयारी गरेको छ । २८ गतदेखि सुरु भएको केन्द्रीय कमिटी बैठक स्थायी कमिटीले तय गरेको आगामी कार्ययोजना पारित गर्दै आजै समापन गर्ने तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप