आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

दोषीलाई कारबाही भएन भने जनताको अदालतले भौतिक कारबाही गर्छ : नेता यादव

शनिबार, ३० वैशाख २०८०, १५ : २२
शनिबार, ३० वैशाख २०८०

काठमाडौँ । जनमत पार्टीका नेता डा.शरदसिंह यादवले नक्कली भुटानी शरणार्थी बनाएर बेचविखन गर्ने जो कोहीलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।नक्कली भुटानी शरणार्थी अमेरिका पठाई ठगी गरेको विरुद्धमा आज जनमत पार्टीको तर्फबाट माइतीघर मण्डलमा प्रदर्शन गर्ने क्रममा नेता यादवले सो माग गरेका हुन् । 

उनले भने, ‘भुटानी शरणार्थी प्रकरणमा जो–जो दोषी छन् सबैलाई कारबाही हुनुपर्छ कोही पनि उम्किनु हुँदैन । यदि यहाँको अदालतले कारबाही गरेन भने जनताको अदालतले कारबाही गर्छ ।’ यादवले जनताको अदालतले जुनसुकै कारबाही गर्न सक्ने बताउँदै त्यसमा भौतिक कारबाही पनि हुनसक्ने चेतावनी दिए । 

‘अहिले सरकारले जे जति काम गरेको छ, तारिफयोग्य काम हुन्,’ उनले भने, ‘सरकारले खुट्टा कमाउनु हुँदैन । सरकारलाई पार्टीको सम्पूर्ण साथ र सहयोग रहनेछ । तर सरकारले कसैलाई कारबाही गर्ने र कसैलाई जोगाउने कार्य गर्‍यो भने जनमत पार्टी सरकारको विरुद्ध पनि आन्दोलनमा जानेछ । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप