आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

जनताले महसुस गर्ने गरी काम गर्छौ : मुख्यमन्त्री पाण्डे

शनिबार, ३० वैशाख २०८०, १५ : ४७
शनिबार, ३० वैशाख २०८०

बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताले अनुभूति हुने गरी काम गर्ने बताएका छन् । नेपाली कांग्रेस बागलुङले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले आगामी नयाँ आर्थिक वर्षमा आउने बजेटमा जनताको आवश्यकतासँग जोडिएका कार्यक्रम समावेश हुने बताए ।

“आगामी आर्थिक वर्षको बजेट जनताका आवश्यकताका आधारमा आउँछ, कनिका छरे जस्तो बजेटले विकास हुन सक्दैन, जनताले दख्ने र महसुस गर्ने गरी काम गर्नेछौँ”, उनले भने । साना योजना र कामका लागि स्थानीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप