आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेले ‘देशैभरी छोराछोरी’ र मध्यपहाडी लोकमार्गस्तरीय अभियान सञ्चालन गर्ने

शनिबार, ३० वैशाख २०८०, १८ : १८
शनिबार, ३० वैशाख २०८०

काठमाडौँ । नेकपा एमालेले आगामी मंसिर महिनामा मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्ग केन्द्रीत अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । शनिवार बसेको पार्टीको पाँचौ केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । 

युवाहरुको बीचमा पार्टीको कामलाई प्रभावकारी बनाउन आफ्नै घर घरबाट अभियान चलाउनुपर्ने अवस्था आएकोले एमालेले ‘देशैभरी छोराछोरी’ अभियान सञ्चालन गर्ने निर्णय भएको एमाले नेता बिष्णु रिजालले जानकारी दिए । बाउआमा राजनीतिमा रहेपनि छोराछोरी राजनीतिमा नआउने प्रवृत्ति रहेकोले त्यसका लागि यो अभियान सञ्चालन गर्ने निर्णय गरेको उनले बताए । 

केन्द्रदेखि वडासम्म नियमित ढंगले पार्टी कार्यालय सञ्चालन हुने भएकोले नेताहरुको भेटघाट पार्टी कार्यालय केन्द्रीत गर्ने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।  यस्तै विगतमा पार्टीका नेताहरुलाई सेल्टर दिने ब्यक्तिहरुलाई समेटेर पुस्तक निकाल्ने निर्णय गरेको पनि रिजालले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप