आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पार्टी ७५ वर्ष पुगेको अवसरमा एमालेले अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलन गर्ने

शनिबार, ३० वैशाख २०८०, १८ : २३
शनिबार, ३० वैशाख २०८०

काठमाडौँ । नेकपा एमालेले पार्टी स्थापनाको ७५ वर्षको अवसरमा अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलन गर्ने निर्णय गरेको छ । शनिवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी ७५ वर्ष पुगेको अवसरमा विश्वका कम्युनिस्ट पार्टीहरूलाई बोलाएर अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय एमाले नेता विष्णु रिजालले जानकारी गराए । 

यस्तै पार्टीको ७५ वर्षको इतिहास झल्काउनेबारे कुनै ठाउँमा स्मारक बनाउने निर्णय पनि भएको छ । मिसन ग्रासरुट अभियान अन्तर्गत अगामी १ वर्षसम्म केन्द्रीय सदस्यले आफ्नो भूगोल बाहेकको अर्को क्षेत्रमा गएर संगठन बनाउने काममा लाग्ने निर्णय भएको नेता रिजालले जानकारी गराए । आगामी १ वर्ष सबै केन्द्रीय सदस्य आफ्नो भूगोलभन्दा फरक भूगोलमा गएर राजनीतिक, सांगठानिक, वैचारिक काम गर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप