सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतमा एक नेपालीको शव फेला

शनिबार, ३० वैशाख २०८०, २१ : ११
शनिबार, ३० वैशाख २०८०

भारत । भारतमा एक नेपालीको शव फेला परेको छ । अछामको मंगलसेन नगरपालिका वर्डा नम्बर १२ का गोपालनाथ भारतमा मृत फेला परेका हुन् । भारतमा रहेकी पत्रकार ललिता विश्वकर्माले हरियाणा राज्यको रोहतक सहरमा काम गर्दै आएका नाथको शव फेला परेको बताएकी छन् ।

मृतकका आफन्तका अनुसार उनको हत्या गरिएको आशंका गरिएको छ । उनको शरीरमा चोट लागेको छ । व्यापारीहरूले नाथको हत्या गरेको परिवारका सदस्यको आरोप छ । उनको शव नदीमा फेला परेको थियो । हरियाणा प्रहरीले उनको शव नदीबाट निकालेको छ । घटनाको थप अनुसन्धान जारी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप