सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रियलको प्रतिस्पर्धात्मक जित, बार्सा उपाधिबाट एक जित टाढा

आइतबार, ३१ वैशाख २०८०, ०७ : १३
आइतबार, ३१ वैशाख २०८०

काठमाडौं । उपाधिको आशा लगभग समाप्त भइसकेको रियल म्याड्रिडले स्पेनिस ला लिगा फुटबलको आफ्नो पछिल्लो खेलमा प्रतिस्पर्धात्मक जित हासिल गरेको छ । रियलले शनिबार राति सम्पन्न खेलमा गेटाफेलाई १-० गोलले हराएको हो ।

रियलले घरेलु मैदानमै गेटाफेलाई हराउन निकै सँघर्ष गर्नुप¥यो । खेलको प्रारम्भदेखि नै गेटाफेले रियललाई गतिलो चुनौति दिएको थियो । रियलका खेलाडीले ७७ प्रतिशत समय बल आफ्नो खुट्टामा नचाए पनि गोलका लागि भने ७०औं मिनेटसम्म संघर्ष गर्नुप¥यो ।

खेलका क्रममा गेटाफेको बलियो रक्षापँक्तिलाई तोड्न रियलका खेलाडीले ठूलै परिश्रम गर्नुप¥यो । यद्दपि, गेटाफेका खेलाडी रियलविरुद्घ केही बढि नै शारीरिक घम्साघम्सीमा ओर्लिएका थिए । अन्ततः खेलको ७०औं मिनेटमा रियलका लागि मार्को एसेन्सियोले गोल गरे । त्यसपछि रियलका समर्थकले राहत अनुभव गरे ।

जितसँगै रियल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले ३४ खेलबाट ७१ अंक जोडेको छ । यद्दपि, यो सिजन रियलले उपाधि जित्ने सम्भावना अत्यन्तै कम छ । प्राविधिक रुपमा मात्र रियल उपाधिको होडमा बाँकी छ ।

बार्सिलोनाभन्दा रियल ११ अंकले पछाडि छ । यो सिजन ला लिगाको उपाधि बार्सिलोनाले जित्ने पक्काजस्तो छ । ‘लिग लिडर’ बार्सिलोनाले ३३ खेलबाट ८२ अंक जोडेको छ । आइतबार नै हुने ‘डर्बी भिडन्त’ मा स्पान्योललाई हराउन सके बार्सिलोनाले ला लिगाको उपाधि जित्नेछ ।

यसैगरी ३३ खेलबाट ६९ अंक जोड्दै एट्लेटिको म्याड्रिड तालिकाको तेस्रो स्थानमा छ । गेटाफे भने ३४ खेलबाट ३४ अंक जोड्दै तालिकाको १८औं स्थान (रेलिगेसन क्षेत्र) मा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप