सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रतिबन्धित लागुऔषध गाँजासहित २ जना महिला पक्राउ

आइतबार, ३१ वैशाख २०८०, ०८ : ५०
आइतबार, ३१ वैशाख २०८०

झापा । प्रतिबन्धित लागुऔषध गाँजासहित झापाको दमक र बिर्तामोडबाट २ जना महिला पक्राउ परेका छन् । 

दमकको शान्ति मार्गमा लागुऔषध गाँजा खरिद बिक्री भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक,प्रहरी चौकी बेलडाँगीबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल वेलडागीबाट खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले वर्ष ६५ की फुलमाया लिम्बु राईलाई १७ केजी गाँजासहित नियन्त्रणमा लिएको हो । 

त्यसैगरी शुक्रबार प्रहरी पोस्ट नयाँ बसपार्क र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका ५ सुकुम्वासी बस्ती बस्ने वर्ष ६० की सैरुन खातुन भन्ने चम्फा चौधरीले बिक्री गर्न छुट्टाछुट्टै प्लास्टिकमा प्याकगरिरहेको अवस्थामा फेला पारी १ केजी, १०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप