आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसी मिलानको च्याम्पियन्स लिग यात्रामा स्पेजियाको धक्का

आइतबार, ३१ वैशाख २०८०, ०९ : ०५
आइतबार, ३१ वैशाख २०८०

काठमाडौं । आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट हुने अभियानमा रहेको इटालियन क्लब एसी मिलानलाई शनिबार रातिको खेलको नतिजाले नराम्रो धक्का लागेको छ । इटालियन सिरिएको शनिबार राति भएको खेलमा एसी मिलानलाई रेलिगेसन क्षेत्रमा रहेको स्पेजियाले स्तब्धः बनायो ।

उक्त खेलमा तालिकाको १८औं स्थानमा आसिन स्पेजियाले एसी मिलानलाई २—० गोलले हरायो । हालसम्म ३५ खेल खेलेको एसी मिलान ६१ अंकसहित तालिकाको पाँचौं स्थानमा छ । समान खेल खेलेको लाजियो ६५ अंकसहित चौथो स्थानमा छ ।

तालिकाको तेस्रो स्थानमा आसिन इन्टर मिलानको ३५ खेलबाट ६६ अंक छ । युभेन्ट्स ३४ खेलबाट ६६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा आसिन छ । जारी सिजनको इटालियन सिरिए उपाधि भने नापोलीले जित्ने पक्का भइसकेको छ । नापोलीले ३४ खेलबाट ८३ अंक जोडेको छ ।

त्यसैले पनि तालिकको माथिल्लो स्थानमा रहेका टोलीका लागि अबका खेलहरु निकै महत्वपूर्ण छन् । च्याम्पियन्स लिगमा स्थान बनाउन यी टोलीहरुले निकै ठूलो कसरत गर्नुपर्ने देखिन्छ । एउटा पराजयले पनि तालिकाको जोडघटाउमा निकै प्रभाव पार्ने देखिन्छ ।

यस्तै महत्वपूर्ण खेलमा पराजित भएपछि एसी मिलान पनि दबाबमा परेको हो । इटालियन सिरिएबाट ४ वटा क्लब च्याम्पियन्स लिगमा छनोट हुने प्रावधान छ । शनिबार राति नै भएको अर्को खेलमा इन्टर मिलानले भने सासुलोलाई ४—२ गोलले हरायो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप