सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एक लाख रुपैयाँ पुरस्कारको भ्रष्टाचारविरुद्धको गीत प्रतियोगिता

आइतबार, ३१ वैशाख २०८०, ११ : ३४
आइतबार, ३१ वैशाख २०८०

काठमाडौँ । हेम–सरिता पाठक फाउन्डेसनले ‘भ्रष्टाचारविरुद्धको गीत प्रतियोगिता’ गर्ने भएको छ । एक लाख रुपैयाँ राशि पुरस्कार राशिको भएको यो प्रतियोगितामा उत्कृष्ट शब्द रचनाकारलाई पुरस्कृत गरिने फाउन्डेसनका नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिए । यसका लागि आगामी भदौ १५ गतेभित्रमा गीत पठाइसक्नुपर्ने छ । सो प्रतियोगितामा भाग लिन निम्न नियमहरू उल्लेख गरिएको छ । 

–गीत भ्रष्टाचारविरुद्ध चेतना जगाउने खालको हुनुपर्ने छ । 
–आफ्नो गीत इमेलमार्फत पठाउनुपर्ने छ । 
–गीत रेकर्ड गरेको हुनुपर्ने छ । 
–कुनै पनि राजनीतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र  अश्लील शब्दको प्रयोग गरिएको हुनुहुँदैन । पाइएमा त्यस्ता गीत स्वतः अस्वीकृत हुने छन् । 

–एक जना गीतकारले एउटा  मात्र गीत पठाउन सक्नेछन् । एकभन्दा बढी आएमा स्वतः बदर हुनेछ । 
–गीत नयाँ र मौलिक हुनुपर्ने छ । गीतकारले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्ने छ । 

–प्रतियोगिताका लागि प्राप्त गीतमा अरू कसैको गीतको अंश या नक्कल गरिएको पाइएमा स्वतः अस्वीकृत हुने छ । 
–प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहने छ । 

–गीत प्राप्त हुनुपर्ने अन्तिम दिन २०८० भदौ १५ गतेसम्म हुनेछ । 
–पुरस्कार नगद एक लाख रुपैयाँ (प्रमाणपत्रसहित) हुने छ । 
–यो प्रतियोगिता उत्कृष्ट शब्दका लागि मात्र हुने छ ।

अमेरिकामा बसोबास गर्दै आएका समाजसेवी हेम पाठक र सरिताले सो पुरस्कारको व्यवस्था गरेका हुन् । उनीहरुद्वारा यसअघि पनि एक लाख रुपैयाँको ‘भ्रष्टाचारविरुद्धको कविता प्रतियोगिता’ घोषणा भइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप