सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माउरिसियो पोचेट्टिनो चेल्सीको प्रशिक्षक बन्न तयार

आइतबार, ३१ वैशाख २०८०, १४ : ०६
आइतबार, ३१ वैशाख २०८०

काठमाडौं । जारी सिजनको इङ्लिस प्रिमियर लिगमा चेल्सीको प्रदर्शन अत्यन्तै निराशाजनक रह्यो । लगातारको खराब प्रदर्शनपछि चेल्सी नयाँ प्रशिक्षकको खोजिमा थियो । यसैक्रममा अर्जेन्टिनी नागरिक माउरिसियो पोचेट्टिनो चेल्सीको प्रशिक्षक बन्न तयार देखिएका छन् ।

पोचेट्टिनो चेल्सीको प्रशिक्षक बन्न तयार रहेको समाचार डेली मेलले प्रकाशित गरेको छ । ५१ वर्षीय पोचेट्टिनोले यही समरदेखि चेल्सीको प्रशिक्षकको जिम्मेबारी समाल्ने सम्भावना छ । जारी प्रिमियर लिगमा चेल्सीको प्रदर्शन विगत २० वर्षयताकै सबैभन्दा खराब प्रदर्शन हो ।

चेल्सी आफ्नो पछिल्लो खेलमा नटिङ्घ फरेष्टसँग २—२ गोलको बराबरीमा रोकिएको थियो । उक्त नतिजालगत्तै पोचेट्टिनोले आफू प्रशिक्षक बन्न तयार रहेको बताएका हुन् । पोचेट्टिनोले यसअघि ४ वटा क्लबमा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।

उनी स्पेनिस क्लब स्पान्योल, प्रिमियर लिग क्लब साउथएम्पटन, टोट्टनहम र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का पूर्वप्रशिक्षक हुन् । उनी सन् २०२२ सम्म पीएसजीका प्रशिक्षक थिए । प्रिमियर लिग तालिकामा चेल्सी हाल ११औं स्थानमा छ । चेल्सीले ३५ खेलबाट ४३ अंक जोडेको छ । चेल्सीले हालसम्म ११ जित, १० बराबरी र १४ हारको नतिजा निकालेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप