सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ ‘हुक्का : एन एब्सर्ड ड्रिम’ को नयाँ गीत ‘जाउ न आउ’

आइतबार, ३१ वैशाख २०८०, १५ : १०
आइतबार, ३१ वैशाख २०८०

काठमाडौँ । अगामी १२ जेठबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ को गीत ‘जाउ न आउ’ सार्वजनिक गरिएको छ । युशिन राईको स्वर तथा शब्द रहेको गीतमा प्रयत्न श्रेष्ठको संगीत छ ।

गीतमा फिल्मकी मुख्य अभिनेत्री प्रमिला खनालको पीडा प्रस्तुत गरिएको छ । गीतमा फिचर्ड अन्य कलाकारहरु रमाइरहँदा प्रमिला भने भावुक देखिएकी छन् ।

शम्भु थापाको निर्देशन रहेको फिल्ममा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिसा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय छ । 

सन्तोषकुमार आत्रेयको कथा रहेको फिल्ममा सन्तोष र भगवान पौडेलको पटकथा छ । रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् । 

 

फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप