सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँ बरामद

आइतबार, ३१ वैशाख २०८०, १५ : २१
आइतबार, ३१ वैशाख २०८०

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका ८ स्थित भन्सार इलाकाबाट सशस्त्र प्रहरीले  श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँ बरामद गरेको छ । 

बिआर ३० एन ३५९० नम्बरको भारतीय मोटरसाइकलमा भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको एक हजार रुपैयाँको ७०० थान र पाँच सय रुपैयाँको २०० थान नेपाली रुपैयाँसहित मोटरसाइकल सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा (विओपी मलंगवा ) ले नियन्त्रणमा लिएको   हो ।

नियन्त्रणमा लिएको नेपाली रुपैयाँ र मोटरसाइकल आवश्यक कारवाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको छ ।

यसैगरी सोही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ५ स्थित सखुवाबाट २० के.जी गाँजासहित एउटा भारतीय मोटरसाइकल पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप