मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

२४ घण्टामा १० जना कोरोना संक्रमित थपिए

आइतबार, ३१ वैशाख २०८०, १६ : ५३
आइतबार, ३१ वैशाख २०८०

काठमाडौं। नेपालमा पछिल्लो २४ घन्टामा १० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । 

 पिसिआर परिक्षणवाट ६ जना र एन्टीजोन परिक्षणमार्फत ४ जना गरी १० जना नयाँ कोरोना भाईरस संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका अनुसार सोही अवधिमा १२ जना डिस्चार्ज भएका छन् भने १२० जना सक्रिय कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।   

हालसम्म ९ लाख ९१ हजार ७१ जना निको भएर घर फर्किएका छन् भने १२ हजार ३१ जनाको कोरोना भाईरस संक्रमणवाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप