आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

बालकृष्ण खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

आइतबार, ३१ वैशाख २०८०, १७ : २२
आइतबार, ३१ वैशाख २०८०

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणमा संलग्नलाई थप ४ दिन हिरातमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँको माग बमोजिम पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणसहित पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईका साथसाथै केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलगायत पक्राउ परेका छन् । 

सो प्रकरणमा पक्राउ पुर्जी जारी भएका एमाले नेता टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहदुर थापाका छोरा प्रतिक, बादलकै सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज र पूर्वसभासद आङ्टावा शेर्पा भने अझै फरार छन् ।

कसलाई कहाँ राखिएको छ ?
प्रहरीका अनुसार बालकृष्ण खाँणलाई जिल्ला प्रहरी परिसर टेकु, नरेन्द्र केसीलाई लैनचौर वृत्त र टेकनारायण पाण्डेलाई सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ ।  यस्तै सन्दिप रायमाझी, सागर राई, रामशरण केसी र गोविन्द चौधरीलाई प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ ।  यस्तै ईन्द्रजित राईलाई पनि प्रहरी परिसर टेकुकै हिरातमा राखिएको छ । 

सन्देश शर्मालाई दरबारमार्ग वृत्तको हिरासतमा राखिएको छ भने केशव दुलाललाई कालिमाटी वृत्तको हिरासतमा राखिएको छ ।  यस्तै सानु भण्डारी र कुमार गुरुङलाई जनसेवा वृत्तको हिरासतमा राखिएको छ ।

nakkali-bhutani-prakaran (1)nakkali-bhutani-prakaran (2)nakkali-bhutani-prakaran (4)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप