सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ : सांसद वाग्ले

आइतबार, ३१ वैशाख २०८०, २३ : ०५
आइतबार, ३१ वैशाख २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद एवम् अर्थविद् डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरू सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन् ।  

आइतबार काठमाडौँमा आयोजित नक्कली भुटानी शरणार्थीसम्बन्धी बहस कार्यक्रममा बोल्दै उनले सो प्रकरणमा मुछिएका सबैलाई प्रहरीको अनुसन्धानको दायरामा ल्याउन ध्यान दिनुपर्ने बताएका हुन् । अपराध करार गर्नेभन्दा पनि ती पात्रहरूलाई सोधखोजका लागि अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनको भनाई थियो । 

सांसद वाग्लेले सो प्रकरण संगठित अपराध भएकाले अव नेपाल प्रहरीले अनुसन्धान गर्ने क्रम ७ दिन बाँकी रहेकाले त्यसमा सबैले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए । उनले आफ्नो पार्टीको जोड पनि त्यतै रहेको स्पष्ट पारे ।  

सांसद वाग्लेले सो प्रकरणमा अमेरिकी विदेश मन्त्रालय, संयुक्त राष्ट्रसंघीय निकाय र नेपालस्थित अमेरिकी दूतावासको चासो रहनु स्वाभाविकै हुने पनि बताए ।  

सांसद वाग्लेले यो प्रकरणलाई ठगी, कीर्ते, मानव तस्करी, अन्तर्राष्ट्रिय संगठित अपराध र राजद्रोहमा तहको रुपमा लिनुपर्ने बताए । 

सांसद वाग्लेले भ्रष्टाचारको स्वरुप बदलिएर पैसाबाट सेयर हुँदै अहिले सुन र हिरामा परिणत भएको स्मरण गराए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप