आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गोर्खाहरुको समस्या समाधान गर्न सरकारको साथ रहन्छ : पर्यटनमन्त्री

आइतबार, ३१ वैशाख २०८०, २२ : ३९
आइतबार, ३१ वैशाख २०८०

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले भूतपूर्व ब्रिटिश गोर्खाहरुको समस्या समाधानमा सरकारको साथ रहने बताएका छन् । राजधानीमा शनिबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले  गोर्खाहरुको समस्या कुनै जाती वा समुदायमा मात्रै सीमित नभई राज्यको समस्या भएको बताए।

‘यसलाई तार्किक निष्कार्षमा पुग्नेगरी सरकार  लागेको छ। अब हामीले ढिला गर्नु हुँदैन,’ उनले भने। कार्यक्रममा गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति कृष्णकुमार राईले गोर्खाहरुको समस्या समाधानको लागि तेस्रो वार्ता आगामी सेप्टेम्बरमा गर्ने तय भएको जानकारी दिए । 

तर यसअघिका वार्ताका क्रममा कुनै उपलब्धी नभएको जानकारी दिँदै उनले अर्को वार्ता परिणाममुखी बन्ने आशा व्यक्त गरे ।  बेलायतको निम्ति गोर्खाहरुले आफ्नो जीवन, रगत र पसिनाको बलिदानी दिए पनि बेलायतले त्यसको सम्मान गर्न नसकेको उनले बताए । 

गेसोले  बेलायतले गोर्खामाथि गरेको विभेदको अन्त्य हुनपर्छ भनेर बेलायत सरकारसमक्ष नैतिक तथा शान्तिपूर्ण आन्दोलन गर्दै आएको छ । कार्यक्रममा माओवादी केन्द्रको प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मासहित विभिन्न संघसंगठनका प्रतिनिधिसहित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप