मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आईपीएलको तेस्रो कम स्कोरमा समेटियो राजस्थान

सोमबार, ०१ जेठ २०८०, ०६ : ४१
सोमबार, ०१ जेठ २०८०

जयपुर । गत सिजनको फाइनलमा पुगेको राजस्थान रोयल्सले यस इन्डियन प्रिमियर लिग (आईपीएल) मा घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको छ । टोली रोयल च्यालेन्जर्स बैंग्लोरसँग ११२ रनले पराजित भएको थियो ।

जयपुरको सवाई मानसिंह स्टेडियममा १७२ रनको लक्ष्य पछ्याएको आयोजक टोली ५९ रनमा मात्रै अलआउट भयो। आईपीएलको इतिहासमा यो तेस्रो सबैभन्दा कम स्कोर हो। दोस्रो कम स्कोर पनि राजस्थानकै नाममा छ । सन् २००९ मा टोली ५८ रनमा अलआउट भएको थियो ।  लिगको सबैभन्दा सानो स्कोरको कुरा गर्ने हो भने यो कीर्तिमान बैंग्लोरको नाममा दर्ता भएको छ । बैंगलोरको टोली २०१७ मा कोलकाताविरुद्ध ४९ रनमा अलआउट भएको थियो। 

१७२ रनको लक्ष्यको जवाफमा राजस्थानले लगातार विकेट गुमायो । टोलीबाट सबैभन्दा ठूलो १९ रनको साझेदारी थियो, जुन अश्विन र शिमोरन हेटमायरले गरेका थिए । शिमरोन हेटमायरले सर्वाधिक ३५ रन बनाए । बाँकी ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । वायन पार्नेलले ३ विकेट लिए । माइकल ब्रेसबेल र करण शर्माले दुई–दुई सफलता हात पारे । सिराज र ग्लेन म्याक्सवेलले एक–एक विकेट लिए ।

यसअघि बैंगलोरबाट कप्तान फाफ डु प्लेसिसले ५५, ग्लेन म्याक्सवेलले ५४ र अनुज रावतले अविजित २९ रन बनाएका थिए । एडम जाम्पा र केएम आसिफले समान २–२ विकेट लिए ।  यो जितसँगै बैंग्लोर तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । टोलीको १२ खेलपछि १२ अंक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप