सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ट्याक्टरसँग ठोक्किँदा मोटरसाइकल चालकको  मृत्यु

सोमबार, ०१ जेठ २०८०, ०९ : २३
सोमबार, ०१ जेठ २०८०

रौतहट । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परी नेपाल विद्युत प्राधिकरण चन्द्रपुर शाखामा कार्यरत ४१ वर्षीय गोपालकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। 

गत राति ९ बजेको समयमा चन्द्रपुरबाट सर्लाहीस्थित घर जाने क्रममा चन्द्रनिगाहपुर–बागमती सडक खण्डको लच्का नजिकै मोटरसाइकल ट्याक्टरमा ठोकिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ। पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश २-०३-०२० प २१९४ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना २ त २९८३ नम्बरको ट्याक्टरमा ठोक्किएको थियो ।

मृतक यादवको शव चन्द्रपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ भने ठक्कर दिने ट्याक्टर र चालकलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप