आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईपीएलको रौनक

आईपीएलको प्लेअफ समीकरण  : ६१ खेल सकिँदासम्म यस्तो छ सहभागी टोलीहरूको अवस्था

दिल्लीले पार्न सक्छ अन्य टोलीलाई अप्ठ्यारो
सोमबार, ०१ जेठ २०८०, ११ : ०६
सोमबार, ०१ जेठ २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आइतबार राति २ महत्त्वपूर्ण खेल भए । पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई १ सय १२ रनले हरायो । जितसँगै बैंगलोरले आफूलाई अंक तालिकाको माथिल्लो ६ स्थानभित्र उपस्थित गरायो ।

अर्को खेलमा कोलकाता नाइट राइडर्ससँग बलियो प्रतिद्वन्द्वी चेन्नई सुपर किङ्स ६ विकेटले हार्यो । जितसँगै कोलकाताले पनि प्लेअफ चरणमा पुग्ने सम्भावना कायमै राखेको छ ।

प्लेअफ चरणमा पुग्न राजस्थानले अब अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ ।  चेन्नईलाई भने प्लेअफ चरणमा पुग्न अझ १ जित आवश्यक देखिन्छ ।

आईपीएलमा सोमबार गुजराज टाइटन्स र सनराइजर्स हैदराबादबीच खेल हुँदै छ । उक्त खेल जारी आईपीएलको ६२औं खेल हो । उक्त खेलमा विजयी भए गुजराज प्लेअफ चरणमा पुग्नेछ ।

अर्कोतिर सोमबारको खेलमा विजयी भए हैदराबादले प्लेअफ चरणमा पुग्ने सम्भावना कायम राख्नेछ । उक्त खेलमा पराजित भए हैदराबाद उपाधि होडबाट बाहिरिने निश्चित छ । आइतबार रातिसम्म लिग चरणको ६१ खेल सकिएका छन् ।

यतिबेला ४ वटा टोली १२/१२ अंक जोडेर एकअर्कालाई कडा टक्कर दिइरहेका छन् ।

दिल्ली क्यापिटल्सलाई छाडेर हालसम्म कुनै पनि टोली प्लेअफ चरणमा पुग्ने सम्भावनाबाट बाहिरिएका छैनन् । दिल्ली प्लेअफ चरणको दौडमा छैन तर, दिल्लीको आगामी खेलले भने अन्य टोलीको प्लेअफ यात्रामा असर पार्न सक्छ ।

प्लेअफ चरणमा पुग्न कति खेल जित्नु आवश्यक छ ?

आईपीएलमा यसपटक १० टोली सहभागी छन् । यस हिसाबले प्रत्येक टोलीले लिग चरणमा १८÷१८ खेल खेल्नुपर्थ्यो । तर, यसपटक आईपीएलमा सहभागी १० वटै टोलीले लिग चरणमा १४/१४ खेलमात्र खेल्नेछन् ।

यस्तो स्थितिमा लिग चरणको खेलमा १६ भन्दा बढी अंक जोड्ने टोली प्लेअफ चरणमा पुग्नेछ । १४ भन्दा कम अंक जोड्ने टोली भने लिग चरणबाटै बाहिरिने छन् ।

लिग चरणको खेलको समाप्तिमा १६ अंक प्राप्त गर्ने १ वा २ टोली पनि प्लेअफ चरणमा पुग्न सक्छन् । तर, यसका लागि १६ अंक हासिल गर्ने टोलीले आफ्नो रनरेट अन्य टोलीभन्दा राम्रो बनाउनु आवश्यक छ । किनभने ६१ खेलको समाप्तिमा अंक तालिकाको अवस्थालाई हेर्दा कम्तीमा पनि ४ टोलीले १६ अंक र २ टोलीले १७ अंकसहित लिग चरण टुङ्ग्याउने सम्भावना देखिन्छ । यस्तो स्थितिमा माथिल्लो ४ भित्र पर्दै प्लेअफ चरणमा प्रवेश गर्न टोलीहरुले आफ्नो रनरेटलाई बलियो बनाउनै पर्ने हुन्छ ।

अन्तिम खेल जित्नै पर्ने दबाबमा चेन्नई

chennai

आइतबार रातिको खेलमा कोलकातासँग पराजित भएपछि चेन्नई दबाबमा परेको छ । अब चेन्नईले प्लेअफ चरणमा पुग्न लिग चरणको आफ्नो अन्तिम खेल जित्नै पर्न हुन्छ ।

चेन्नई यतिबेला १३ खेलबाट १५ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा आसीन छ । चेन्नईले हालसम्म ७ जित, ५ हार र १ बराबरीमा नतिजा निकालेको छ ।

चेन्नईले लिग चरणको आफ्नो अन्तिम खेल मे २० तारिखमा दिल्लीसँग खेल्नेछ । उक्त खेल दिल्लीकै घरेलु रंगशालामा हुनेछ । उक्त खेल जितेमा चेन्नई प्लेअफ चरणमा पुग्नेछ । यदि उक्त खेलमा पराजित भए चेन्नईले प्लेअफ चरणमा पुग्न अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ ।

लिग चरणको आफ्नो अन्तिम खेलमा पराजित भएमा चेन्नईले मुम्बई वा गुजरातले २ खेलमा हारोस् भन्ने कामना गर्नुपर्ने हुन्छ । अथवा, पन्जाब, लखनउ र बैंगलोर १/१ खेलमा पराजित भए पनि चेन्नई प्लेअफ चरणमा पुग्नेछ ।

कोलकाताको सम्भावना कायमै 11

प्रतियोगिताको प्लेअफ चरणमा पुग्ने कोलकाताको सम्भावना पनि कायमै छ । आइतबार रातिको खेलमा चेन्नईलाई हराउँदै कोलकाताले प्लेअफमा पुग्ने सम्भावना जिवितै राखेको हो । कोलकाता हाल १३ खेलबाट १२ अंक जोड्दै तालिकाको सातौं स्थानमा छ ।

कोलकाताले हालसम्म ६ जित र ७ हारको नतिजा निकालेको छ । कोलकाताले लिग चरणको आफ्नो अन्तिम खेल मे २० तारिखमा लखनउसँग खेल्नेछ । कोलकाताले प्लेअफ चरणमा पुग्ने सम्भावना कायम राख्न उक्त खेल जित्नै पर्ने हुन्छ । कोलकाताको रनरेट पनि गतिलो हुनु आवश्यक छ ।

यसका अतिरिक्त कोलकाताले प्लेअफ चरणमा पुग्न अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ । आफ्नो अन्तिम खेलमा विजयी भएपछि कोलकाताले प्लेअफ चरणमा पुग्न मुम्बई, लखनउ, बैंगलोर र पञ्जाब बाँकी सबै खेलमा पराजित हुन् भन्ने कामना गर्नुपर्ने हुन्छ । यतिले मात्र पनि कोलकातालाई पुग्दैन । यसदेखि वाहेक राजस्थान र हैदराबादको रनरेट पनि कोलकाताको भन्दा कम हुनु पर्नेछ । यति भएमा कोलकाता प्ले अफ चरणमा पुग्नेछ ।

ठूलो अन्तरको जितले बैंगलोरलाई फाइदा

राजस्थानलाई उसैको घरेलु मैदानमा १ सय १२ रनको फराकिलो अन्तरले हराएपछि बैंगलोर अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । फराकिलो अन्तरको उक्त जितले बैंगलोरको रनरेटमा पनि गतिलो सुधार आएको देखिन्छ ।

बैंगलोरले १२ खेलबाट १२ अंक जोडेको छ । बैंगलोरले हालसम्म ६ जित र ६ हारको नतिजा निकालेको छ । बैंगलोरको रनरेट पनि यतिबेला १२ अंक जोडेका अन्य टोली राजस्थान, कोलकाता र पञ्जाबभन्दा तुलनात्मक रुपमा राम्रो छ ।

बैंगलोरले अब लिग चरणमा २ खेल खेल्न बाँकी छ । बैंगलोरले बाँकी खेलमा हैदराबाद र गुजरातसँग प्रतिस्पर्धा गर्नेछ । बैंगलोरले प्लेअफ चरणमा पुग्न बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ । यसका अतिरिक्त अन्य टोलीको भन्दा रनरेट पनि राम्रो बनाउनुपर्ने हुन्छ । बाँकी २ मध्ये एउटा खेलमा पराजित भएमा बैंगलोरले प्लेअफ चरणमा पुग्न अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ । बाँकी दुबै खेलमा पराजित भएमा बैंगलोर लिग चरणबाटै बाहिरिने छ ।  

राजस्थान अन्य टोलीमाथि निर्भर

rajes

बैंगलोरसँग घरेलु मैदानमै ठूलो अन्तरले पराजित भएपछि राजस्थान निकै दबाबमा परेको छ । आइतबार रातिको खेलमा राजस्थान बैंगलोरसँग १ सय १२ रनले पराजित भएको थियो । प्लेअफ चरणमा पुग्न अब राजस्थानले अन्य टोलीको भर पर्नुपर्ने अवस्था छ ।

उक्त हारपछि राजस्थानको रनरेट पनि बैंगलोरको भन्दा कम भएको छ । राजस्थान अहिले १३ खेलबाट १२ अंक जोड्दै तालिकाको छैटौं स्थानमा आसिन छ । राजस्थानले हालसम्म ६ जित र ७ हारको नतिजा निकालेको छ ।

राजस्थानले लिग चरणमा अब १ खेल खेल्न बाँकी छ । उक्त खेल राजस्थानले में १९ तारिखमा पञ्जाबसँग खेल्नेछ । राजस्थानले प्लेअफ चरणमा पुग्ने सम्भावना कायम राख्न उक्त खेल ठूलो अन्तरले जित्नुपर्ने हुन्छ । त्यसपछि पनि राजस्थानले प्लेअफ चरणमा पुग्न अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ । पञ्जाबसँग पराजित भएमा राजस्थान लिग चरणबाटै बाहिरिने छ ।

‘गर या मर’को स्थितिमा हैदराबादhai

आईपीएलमा सोमबार सनराइजर्स हैदराबाद र ‘लिग लिडर’ गुजरात टाइटन्सबीच लिग चरणको खेल हुँदैछ । जारी आईपीएलको यो ६२औं खेल हो । हैदराबाद हाल ११ खेलबाट ८ अंक जोड्दै तालिकाको नवौं स्थानमा आसिन छ ।

सोमबार हुने खेलमा हैदराबाद ‘गर या मर’को स्थितिमा छ । यो खेलमा पराजित भए हैदराबाद लिग चरणबाटै बाहिरिने निश्चित छ । यदि सोमबारको खेलमा हैदराबादले गुजरातलाई हराए उसको प्लेअफ चरणमा पुग्ने सम्भावना कायम रहनेछ ।

गुजरातसँगको खेलपछि पनि हैदराबादले थप २ खेल खेल्न बाँकी रहन्छ । बाँकी खेलमा हैदराबादले बैंगलोर र मुम्बईको सामना गर्नेछ । प्लेअफमा पुग्ने सम्भावनालाई कायम राख्न हैदराबादले गुजरातसँगै बैंगलोर र मुम्बईलाई पनि हराउनु पर्ने हुन्छ । यसका अतिरिक्त हैदराबादको रनरेट पनि अन्य टोलीको भन्दा राम्रो हुनु आवश्यक छ ।

हैदराबालाई प्लेअफ चरणमा स्थानमा बनाउन यतिले मात्र पुग्दैन । त्यसपछि पनि हैदराबादले अन्य टोलीको नतिजामा समेत भर पर्नुपर्ने हुन्छ । त्यसपछि हैदराबादले मुम्बई, बैंगलोर र पञ्जाब आफ्नो बाँकी सबै खेलमा पराजित होस् भन्ने कामना गर्नुपर्ने हुन्छ । आफुले चाहेको जस्तो सबै पुगेमा हैदराबाद १४ अंकसहित प्लेअफ चरणमा प्रवेश गर्नेछ ।

गुजरात दौडमा सबैभन्दा अगाडि

gu

जारी आईपीएलमा प्लेअफ चरणमा पुग्ने दौडमा गुजरात सबैभन्दा अगाडि देखिएको छ । गुजरात १२ खेलबाट १६ अंक जोड्दै तालिकाको पहिलो स्थानमा आसिन छ । गुजरातले हालसम्म ८ खेलमा जित र ४ खेलमा हारको नतिजा निकालेको छ ।

सोमबार हुने खेलमा हैदराबादलाई पराजित गरे गुजरात सिधै प्लेअफ चरणमा पुग्नेछ । यदि सोमबारको खेलमा हैदराबादसँग पराजित भए गुजरातले लिग चरणको आफ्नो अन्तिम खेलमा बैंगलोरलाई कुनै पनि हालतमा हराउनु पर्ने हुन्छ । उक्त खेलमा विजयी भए गुजरात प्लेअफ चरणमा पुग्नेछ ।

यदि हैदराबाद र बैंगलोर दुबैसँग पराजित भए गुजरातले प्लेअफ चरणमा पुग्न अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ । यदि आफ्नो दुबै खेलमा ठूलो अन्तरले पराजित भएमा भने गुजरात लिग चरणबाटै बाहिरिने जोखिम बढ्छ । यदि आफ्नो दुबै खेलमा विजयी भए गुजरात २० अंकसहित माथिल्लो २ स्थानभित्र रहेर प्लेअफ चरणमा पुग्नेछ ।

लखनउलाई २ जित आवश्यक

हालसम्म लखनउले १२ खेलबाट १३ अंक बटुलेको छ । लखनउ तालिकाको चौथो स्थानमा आसिन छ । लखनउले हालसम्म ६ जित र ५ हारको नतिजा निकालेको छ । लखनउको १ खेल भने अनिर्णित अवस्थामा टुंगिएको थियो ।

जारी आईपीएलको लिग चरणमा लखनउले अब २ खेल खेल्न बाँकी छ । प्ले अफ चरणमा पुग्ने आफ्नो सम्भावना जिवित राख्न लखनउले बाँकी दुबै खेलमा जित निकाल्नु आवश्यक छ । बाँकी २ मध्ये कुनै १ खेलमा पराजित भए लखनउले प्लेअफ चरणमा पुग्न अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ । बाँकी दुबै खेलमा पराजित भए लखनउ लिग चरणबाटै बाहिरिने छ ।

मुम्बईको अवस्था पनि लखनउजस्तैCapture

जारी आईपीएलमा हालसम्म अवस्था हेर्दा मुम्बईको अवस्था पनि लखनउको जस्तै देखिन्छ । यद्दपि, लखनउभन्दा मुम्बईको १ अंक बढी छ । मुम्बई १२ खेलबाट १४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा आसिन छ । मुम्बईले हालसम्म ७ खेलमा जित र ५ खेलमा हारको नतिजा निकालेको छ ।

मुम्बईले लिग चरणमा अब २ खेल खेल्न बाँकी छ । प्लेअफ चरणमा पुग्न मुम्बईले बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ । यदि कुनै १ खेलमा पराजित भए प्लेअफ चरणमा पुग्न मुम्बईको रनरेट अन्य टोलीको भन्दा राम्रो हुनुपर्नेछ । यदि दुबै खेलमा पराजित भए प्लेअफ चरणमा पुग्न मुम्बईले अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ ।

दिल्लीले अप्ठ्यारो पार्नसक्छ अन्य टोलीलाई

दिल्ली अंक तालिकाको सबैभन्दा तल छ । दिल्लीको प्लेअफ चरणमा पुग्ने सम्भावना पनि समाप्त भइसकेको छ । दिल्लीले हालसम्म १२ खेलबाट ८ अंक बटुलेको छ । ४ जित र ८ हारको नतिजा निकालेको दिल्लीले अब २ खेल खेल्न बाँकी छ ।

दिल्लीले आफ्नो अर्को खेल मे १७ तारिखमा पञ्जाबसँग खेल्दैछ । उक्त खेलमा दिल्ली विजयी भए पञ्जाबको प्लेअफ चरणमा पुग्ने सम्भावना कम हुनेछ । यस्तो अवस्थामा पञ्जाबले राजस्थानसँगको अन्तिम खेल ठूलोअन्तरले जित्नुपर्ने हुन्छ । त्यसपछि पनि प्लेअफ चरणमा पुग्न पञ्जाबले अन्य टोलीको नतिजामा भार पर्नुपर्ने हुन्छ ।

दिल्लीले लिग चरणमा आफ्नो अन्तिम खेल में २० तारिखमा चेन्नईसँग खेल्नेछ । उक्त खेल पनि चेन्नईका लागि महत्वपूर्ण छ । उक्त खेलमा दिल्लीसँग पराजित भए चेन्नईको प्लेअफ चरणयात्रा अप्ठ्यारोमा पर्नसक्छ ।

दैनिक भास्करबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप