सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बलात्कृत आठ वर्षीया बालिका भेटेपछि गृहमन्त्रीले भने, ‘कडा सजाय दिन कानून सच्याउन पहल गर्छु’

शुक्रबार, २५ फागुन २०७४, १४ : ४७
शुक्रबार, २५ फागुन २०७४

काठमाडौँ । गत फागुन १७ गते सामूहिक बलात्कारको शिकार बनेकी पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ की आठ वर्षीया बालिकालाई भेट्न गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ग्रीन सिटी अस्पताल पुगेका छन् ।
शुक्रबार दिउँसो अस्पताल पुगेका गृहमन्त्री थापाले बालिकाका परिवारजन सदस्यलाई यस घटनाले आफूलाई दुःखी तुल्याएको बताउँदै सरकारको तर्फ पाइने हरप्रकारको सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

गृहमन्त्री थापाले भने, ‘यस घटनाका दोषीमाथि कडा कारवाही हुनेछ ।’

बालिकोको उपचारमा सहयोग गरिरहेको रक्षा नेपालका अध्यक्ष मेनुका थापाले बालिकामाथि हुने यस्तो जघन्य अपराधका लागि फाँसीको सजाय हुनुपर्ने माग गरिन् ।

जवाफमा गृहमन्त्री थापाले बलात्कारीहरुलाई कडाभन्दा कडा सजाय दिलाउन वर्तमान कानून सच्याउन आवश्यक भएको बताउँदै यसका लागि आफूले सहयोग गर्ने जानकारी दिए ।

उनले उपचारमा सहयोग गर्ने रक्षा नेपाल र ग्रीन सिटी अस्पताललाई पनि धन्यवाद दिए ।

पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर–५ निचुटामा आठ वर्षीया एक बालिकालाई तीन जना युवकले सामूहिक बालात्कार गरेका थिए । 

निचुटाकै एक सामुदायिक विद्यालयको कक्षा १ मा अध्ययनरत बालिकालाई माछा दिने प्रलोभन दिएर तीन जना युवकले बलात्कार गरेका थिए ।  

अपरान्ह विद्यालय सकाएर घर फर्किएकी बालिका आफनी एक जना साथीसँग बाख्रालाइ घाँस लिन भनि गाँउ नजिकको खेतमा गएकी थिइन् । खेतको नजिकैको पोखरीमा माछा मारिरहेका  तीन जना युवकले ती दुवै बालिकालाइ माछा दिने लालच देखाएर एकान्त स्थानमा लगेर जबर्जस्ती गर्न खोज्दा एक जना बालिका उम्केर भाग्न सफल भएपनि अर्की बालिकालाई ती युुवकहरुले कुटपिट र लछारपछार गर्दै पालै पालो बलात्कार गरेका थिए । 

बुधबार अपरान्ह घाँस लिन घरबाट बाहिर निस्किएकी बालिका साँझ अबेर सम्म पनि घर नफर्किए पछि बालिकाका बुबाले खोज्दै जाँदा उनलाइ घर नजिकैको पर्तिमा अचेत अवस्थामा फेला पारेका थिए ।

बलात्कारमा संलग्न तीन जानै युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप