सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

मेलम्चीको पानीले सडक जलमग्न, तस्बिरहरू

सोमबार, ०१ जेठ २०८०, १४ : ०८
सोमबार, ०१ जेठ २०८०

काठमाडौँ । मर्मत सम्भारका लागि खुला गरिएको पाइपमा अचानक मेलम्चीको पानी आउँदा वीर अस्पताल अगाडिको सडक जलमग्न भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको महाराजगञ्ज शाखाले अस्पताल अगाडि तीनअघि सडक खनेर मर्मत सुरु गरेको थियो । तर, पाइपमा भएको लिक मर्मतकै क्रममा सोमबार एक्कासि पानी आएपछि सडक जलमग्न बनेको हो ।

सडक जलमग्न हुँदा साना सवारी साधनहरूलाई आवतजावत गर्न समस्या भएको छ भने पैदल यात्रुहरूको यात्रा पनि सकसपूर्ण बनेको छ । खानेपानी लिमिटेडले समयमा पाइप मर्मत नगर्दा काठमाडौँमा बारम्बार यस्ता समस्या दोहोरिने गरेका छन् ।

water road (1)water road (2)water road (3)water road (4)water road (5)water road (6)water road (7)water road (8)water road (9)water road (10)water road (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप