आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीका अर्थमन्त्रीको दाबी, ‘बजेटमा बिचौलियाको छाया र प्रभाव पर्दैन’

सोमबार, ०१ जेठ २०८०, १४ : ३१
सोमबार, ०१ जेठ २०८०

सुर्खेत । कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले प्रदेशको बजेटमा अब बिचौलियाको छाया र प्रभाव नपर्ने दाबी गरेका छन् । यसअघि प्रदेशको अनुदानमा बिचौलियाहरू हाबी भएको भन्दै अब त्यसको अन्त्य गरिने उनको भनाई छ । 

सोमबार आगामी आर्थिक वर्षको बजेटमा पत्रकारको राय सुझाव माग गरेका सिंहले बजेटमा राजनीतिक गन्धसमेत नआउने ठोकुवा गरे । ‘यो जनताको बजेट हो, जनताकै पक्षमा रहेर ल्याउँछौँ र सोही अनुसार कार्यान्वयन हुन्छ,’ सिंहले भने, ‘कसैको दबाब र प्रभावमा बजेट ल्याउने र कार्यान्वयन गर्ने काम हुँदैन । जनताको पक्षमा आउँछ ।’

मन्त्री सिंहले आफू मन्त्री भए देखिनै वितरणमुखी योजना र बिचौलियाको रोकथाममा लागिरहेको बताए । समय सापेक्ष यथार्थपरक बजेट ल्याउने बताउँदै मन्त्री सिंहले तत्काल कार्यान्वयन गर्न सकिने बजेट निर्माणमा सरकारको ध्यान गएको जिकिर गरे । 

साथै उनले यसअघि २–४ लाख बजेटका योजना समेत वितरण भएका र तीनबाट कुनै रिजल्ट नआएकोले त्यस्ता योजना अबको प्राथमिकतामा नपर्ने उनले बताए । वितरणमुखी योजना रोकथामका साथै बजारीकरणमा आधारित अनुदान अबको प्राथमिकतामा पर्ने सिंहको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप