बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आठबिस आगलागी घटनाका दलित परिवारको उपचार गर्न एमाले सांसद श्रेष्ठको माग

सोमबार, ०१ जेठ २०८०, १४ : ३८
सोमबार, ०१ जेठ २०८०

काठमाडौँ । नेकपा एमालेकी सांसद सूर्यकुमारी श्रेष्ठले गत वैशाख २७ गते दैलेख जिल्लाको आठबिस नगरपालिका वडा नम्बर ६ को सामुदायिक वनमा भएको भीषण आगलागीमा परेका दलित समुदायका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेकी छिन । 

आगलागीमा परेर सोही वडाका १२ जना वसुन्धरा विक, नवीन विक, मोतिया विक, नैना विक, प्रकाश विक, पूजा विक, छत्रा विक, जैकला विक र जुन विक आगोमा परि सिकिस्त घाइते भई नेपालगन्जको भेरी अञ्चल र नर्सिङ होम अस्पतालमा उपचार गर्दै गर्दा एक जनाको मृत्यु भएको जानकारी गराइन् ।

उनीहरू मध्ये केहीको कीर्तिपुरको बर्न अस्पतालमा पनि उपचार भइरहेको जानकारी  दिँदै उनीहरू दलित परिवारको रहेको र उनीहरूको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको उल्लेख गरिन् । उनीहरू पूर्ण रूपमा निको नहुञ्जेसम्म निःशुल्क उपचारको व्यवस्था गर्न र मृतकको परिवारलाई जीविकोपार्जनको व्यवस्था गराइदिन सांसद श्रेष्ठले सरकारको ध्यानाकर्षण गराइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप