आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

किसानलाई पूर्ण रूपमा निःशुल्क विद्युत् दिऔँ : कृषिमन्त्री भुसाल

सोमबार, ०१ जेठ २०८०, १५ : ३९
सोमबार, ०१ जेठ २०८०

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले कृषिमा आधारित उद्योगलाई निःशुल्क विद्युत् उपलब्ध गराउनुपर्ने बताएका छन् । मन्त्रालयमा त्रैमासिक समीक्षा कार्यक्रममा मन्त्री भुसालले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले कृषि, पशुपन्छी तथा मत्स्यपालन र कृषिमा आधारित उद्योगलाई सरकारले निःशुल्क रूपमा विद्युत् उपलब्ध गराउनुपर्ने बताए ।

उनले भने, ‘किसानलाई निःशुल्क विद्युत् उपलब्ध गराउन मैले पहल थालिसकेको छु । हामीले कृषि क्षेत्रमा विभिन्न प्रकारका अनुदान दिँदै आएका छौँ । यसको प्रभावकारिता खासै देखिँदैन । वास्तविक किसानले अनुदान नपाएको गुनासो आइरहेको छ । अब कृषि तथा पशुपन्छी, मत्स्यपालन, कृषिमा आधारित उद्योगमा प्रयोग भएको विद्युत् महसुल निःशुल्क दिनुपर्छ ।’

मन्त्री भुसालले नेपालमा उत्पादित कतिपय कृषिजन्य वस्तुको निर्यात प्रक्रियालाई सहजीकरण गर्न आफू तयार रहेको बताए । उनले पूर्वी नेपालमा उत्पादित स्कुस तरकारी निर्यात गर्न नपाएको गुनासो मन्त्रालयमा आएकाले त्यसलाई सहजीकरणको लागि आवश्यक पहल थाल्ने बताए । समीक्षा कार्यक्रममा चालू आवमा कम प्रगति देखिएका विभाग, आयोजनाहरूलाई तत्काल संवेदनशील भएर काम थाल्न निर्देशन समेत दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप