आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टोपबहादुर रायमाझीविरुद्ध नाराबाजी गर्दा बराल पक्राउ

सोमबार, ०१ जेठ २०८०, १६ : ०८
सोमबार, ०१ जेठ २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध नाराबाजी गर्ने एक जना पक्राउ परेका छन् । 

सोमबार जिल्ला अदालतमा म्याद थपका लागि रायमाझीलाई उपस्थित गराउँदा रायमाझीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले तारा बराल नामकी महिलालाई पक्राउ गरेको हो । 

काठमाडौँ जिल्ला अदालत परिसरमा बरालले नाराबाजी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । बरालले ‘भ्रष्टाचारी मुर्दावाद’ भनेर नारा लगाएकी थिइन् ।

tara-baral2tara-baral3

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप