सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

२ थान पेस्तोलसहित ३ जना पक्राउ

सोमबार, ०१ जेठ २०८०, १९ : १६
सोमबार, ०१ जेठ २०८०

सुनसरी । सुनसरीको धरानस्थित छुट्टाछुट्टै स्थानबाट २ थान पेस्तोलसहित ३ जना पक्राउ परेका छन् । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ डाँडा घोपाका २९ वर्षीय हुकमेन जिमी, उनका भाइ २४ वर्षीय दीपक जिमी र धरान–१५ का २४ वर्षीय रोहित राई रहेका छन् । 

विशेष सूचनाको आधारमा वैशाख ३१ गते राती कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको संयुक्त टोलीले जिमीद्वयलाई हतियार खरिद गरेको आरोपमा पक्राउ गरेको हो । 

पक्राउपछि उनीहरुले दिएको बयानका आधारमा सर्दुखोला नजिकको झाडीमा लुकाएर राखेको १ थान पेस्तोल पनि प्रहरीले बरामद गरेको छ । 

यस्तै सोही राति रोहित राईको घरकोठा खानतलासी गर्दा उनको पलङको डस्ना मुनी १ थान पेस्तोल पनि बरामद गरिएको हो । 

पक्राउ परेका तीनैजनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप