सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
अपराध

पासवर्ड ह्याक गरेर बैंकबाट पैसा निकाल्ने एक जना पक्राउ

सोमबार, ०१ जेठ २०८०, १९ : १९
सोमबार, ०१ जेठ २०८०

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका विराटचौकमा रहेका २ वटा बैंकबाट पासवर्ड ह्याक गरेर पैसा निकाल्ने व्यक्ति पक्राउ परेका छन् । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा विराटचौक ५ बस्ने ३६ वर्षीय देवराज सिक्देल रहेका छन् । सुन्दरहरैचा नगरपालिका ४ दुलारीस्थित रमेश आचार्यले दर्ता गरेर आफ्नै घरमा संचालन गर्दै आएको आर ए भिजन एकाउन्ट सोलुसन प्रा।लि। फर्मका एकाउन्टेन समेत रहेका सिक्देलले रमेश आचार्यको नबिल बैंक शाखा कार्यालय विराटचोकमा रहेको खाताबाट पासवर्ड ह्याक गरी पैसा निकालेका थिए । 

प्रहरीले दिएको जानकारी अनुसार उनले विभिन्न समयमा २८ हजार एक सय र आचार्यका काका ओमनाथ आचार्यको माछापुच्छ्रे बैंक शाखा कार्यालय विराटचोकमा रहेको खाताबाट पनि पटकपटक गरेर ६६ हजार आठ रुपैयाँ पैसा निकालेका छन् । 

पक्राउ परेका सिग्देलको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप