भन्सार छली ल्याइएको ५ लाखभन्दा बढीको सामान बरामद
सोमबार, ०१ जेठ २०८०, २१ : ३६
जनकपुरधाम । धनुषा प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याएको पाँच लाखभन्दा बढी मूल्य बराबरको सामान बरामद गरेको छ ।
सोमबार बिहान जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले जिल्लाको विभिन्न स्थानबाट भन्सार छली गरी ल्याएका किरानाका सामान, लत्ताकपडा, इलेकट्रोनिकका समानहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बरामद गरिएको सामान ५ लाख २३ हजार ४ सय मूल्य बराबरको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार आवश्यक कारवाहीका लागि उक्त समानहरू भन्सार कार्यालय जनकपुर पठाइएको छ ।